
ललितपुरको दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा
ललितपुर- पुल्चोकस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ । दमकल र सुरक्षाकर्मीहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।
आठौं तलामा रहेको दाउरा थकाली भने जलेर पूर्ण रुपमा नष्ट भएको छ । प्रहरीका अनुसार विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ । कुनै मानवीय क्षति भने भएको छैन ।



कागजपत्र |
