धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट प्रतिनिधि सभा उम्मेदवार बनेका किशोरी साह कमलको उम्म्देवारी खारेज गरिएको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीका अनुसार धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार साहको उम्मेदवारी खारेज गरिएको हो।

बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उम्मेदवारी खारेज गरिएको हो ।

यहाँ नेकपा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट राम पलटन साह र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट मातृका प्रसाद यादव उम्मेदवार रहेका छन्।

बिहीबार निर्वाचन हुँदैछ।

प्रतिक्रिया