दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति


काठमाडौं-  मेडिकल व्यवसायी दुर्गा प्रसाईं लाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गर्न अनुमति दिइएको जिल्ला प्रशासन कार्यालय भक्तपुर का अनुसार छ । भक्तपुरका प्रहरी प्रमुख सूर्य खड्का ले प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको जानकारी दिएका छन् ।

प्रहरीले आइतबार बिहान प्रसाईंलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उपस्थित गराएको थियो । हाल उनीविरुद्ध सार्वजनिक शान्ति खलल पुर्‍याएको आरोपमा अनुसन्धान अघि बढाइएको छ ।

यसअघि प्रसाईंलाई सर्वोच्च अदालत को आदेशअनुसार फागुन १३ गते रिहा गरिएको थियो । पछिल्लो समय निर्वाचन प्रक्रिया बिथोल्ने गतिविधिमा संलग्न हुनसक्ने आशङ्काका आधारमा प्रशासनले उनलाई पक्राउ गर्ने र अदालतको आदेशमा पुनः रिहा गर्ने अवस्था दोहोरिँदै आएको जनाइएको छ ।

प्रतिक्रिया