टिकटकर तुलसा अधिकारीविरुद्ध ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा


काठमाडौं — टिकटकमा सक्रिय तुलसा अधिकारीमाथि ठगी, आपराधिक विश्वासघात र सम्पत्ति शुद्धीकरणको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरीले दुई घटनाको सम्बन्धमा एकसाथ छानबिन गरिरहेको छ।

सातदोबाटो प्रहरी वृत्तमा गत साउनमा ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले तुलसामाथि ठगी र विश्वासघातको उजुरी दिएका थिए। अनुसन्धानका क्रममा तुलसाको खाता जाँच गर्दा ठूलो रकमको कारोबार फेला परेको र त्यसपछि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान पनि सुरु गरिएको प्रहरी अधिकृतले जानकारी दिएका छन्।

प्रतिवादी तुलसा अधिकारी हाल चीनमा रहेको बताइएको छ।  चीनबाटै उनले टिकटकमार्फत् ब्ल्याकमेलिङ गर्दै आएको पाइएको छ।

उनीमाथि ४ करोड रुपैयाँभन्दा बढीको ठगीको आरोप लगाइएको छ।

प्रतिक्रिया