दुर्घटनामा घाइते हुनेकाे पहिचान खुल्याे, २ विदेशीसहित यी हुन् घाइते हुनेहरू (नाम ठेगानासहित)


काठमाडौं – पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा १८ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

आज बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो ।

हालसम्म सो दुर्घटनामा परी मृत्यु भएका १८ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए । घाइते २८ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको छ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइते २८ जनाको पहिचान भएको छ । घाइते मध्ये एक जना न्यूजिल्याण्डका नागरिक छन् भने एक जना चिनिया नागरिक छन् । उनीहरूबाहेक सबै नेपाली रहेकाे जनाइएकाे छ । मृतकमधये २ जना विदेशी रहेकाे पनि खुलेकाे छ ।

घटनास्थलमा तीन वटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ ।

घाइतेहरूकाे नामावलीः

प्रतिक्रिया