युवाको आवाज दबाएर देश समृद्ध हुँदैन : प्रधानमन्त्री कार्की


काठमाडौं-  अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूको आक्रोश र असन्तोषलाई दमन गरेर मुलुक समृद्ध बन्न नसक्ने बताएकी छन्। ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले युवाको आवाज बेवास्ता गरे देश अघि बढ्न नसक्ने स्पष्ट पारिन्।

प्रधानमन्त्री कार्कीले राजनीतिक दल र नेतृत्वले पटक–पटक आन्दोलन किन हुन्छ भन्ने विषयमा आत्मसमीक्षा गर्नुपर्ने बताइन्। उनले बजेट वितरणमा मनपरी, समानुपातिक प्रणालीको दुरुपयोग, नातावाद र विभेद अन्त्य नभएसम्म लोकतन्त्रको औचित्य पुष्टि नहुने जिकिर गरिन्।

भदौ २३–२४ को युवा आन्दोलनलाई उनले ‘असफल संरचनामाथिको प्रश्न’ भन्दै आन्दोलनका माग जायज रहेको बताइन्। सुशासन, पारदर्शिता र छिटो निर्वाचनको वातावरण बनाउनु आफ्नो प्राथमिकता रहेको पनि उनले उल्लेख गरिन्।

प्रतिक्रिया