
काठमाडाैं विश्वकै चाैथाे प्रदूषित सहर
काठमाडौं – राजधानी काठमाडौँको हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको छ ।
काठमाडौँ बिहीबार बिहान विश्वकै प्रदूषित सहरहरूको सूचीमा चौथो स्थानमा पुगेको हो ।
आईक्यू एयरको तथ्याङ्क अनुसार काठमाडौँ बिहान १० बजेसम्म नेपालको वायुको गुणस्तर अस्वस्थ रहेको छ ।
हाल यहाँ हावाको एक्यूआई १८८ रहेको छ । यहाँको हावामा पीएम २.५ को अवस्था विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २१.७ गुणा बढी रहेको छ ।
विश्वकै प्रदूषित सहरको सूचीमा बंगलादेशको राजधानी ढाका रहेको छ । दोस्रो स्थानमा पाकिस्तानको लाहोर र तेस्रो स्थानमा अफगानिस्तानको काबुल सहर छ ।
भारतको राजधानी नयाँ दिल्ली काठमाडौँपछि पाँचौँ स्थानमा रहेको छ ।



कागजपत्र |
