प्रधानमन्त्री र भारतीय राजदूतबिच भेटवार्ता


काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनका लागि मित्रराष्ट्र भारतले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरेकी छिन्।

मंगलबार सिंहदरबारमा भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटमा प्रधानमन्त्री कार्कीले नेपालको विशेष परिस्थितिमा हुन लागेको निर्वाचनलाई सहज रूपमा सम्पन्न गर्न सवारीसाधन र अन्य आवश्यक सामग्री उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरेकी हुन्।

जवाफमा राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा भारतको सदैव साथ रहने र मित्रवत् छिमेकीको नाताले सहयोग गर्नु आफ्नो कर्तव्य भएको बताए।

 

प्रतिक्रिया