
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं – राष्ट्रिय सभाको बैठक सोमबार बस्दैछ। दिउँसो सवा १ बजे बस्ने बैठकमा कानून, न्याय तथा संसदिय मामिला मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको झवाफ मन्त्री अनिलकुमार सिन्हाले दिनेछन्।
यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समेत सम्हालेका मन्त्री सिन्हाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पर्यटन विधेयक, २०८१ माथि छलफल गरी पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
विधायन व्यवस्थापन समितिका सभापति तुसला कुमारी दाहालले समाजिक सन्जाल विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने र राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव पारित गर्ने पनि कार्यसूची छ ।



कागजपत्र |
