थाक्रेमा दुई बस ठोक्कियो, केही गम्भीर घाइते


काठमाडौं — धादिङको थाक्रे गाउँपालिका– ६ स्थित दशकिलामा दुई यात्रुवाहक बस ठोक्किएका छन् ।

आज बिहान भएको सो दुर्घटनामा सडक छेउमा आगो तापिरहेका केही स्थानीय घाइते भएका छन् । गम्भीर घाइते मध्ये २ जनाको मृत्यु भएको जनाइए पनि पुष्टी भने भइसकेको छैन ।

दुई बस ठोक्किँदा सडक छेउमा रहेको चिया पसल र त्यहाँ रहेका अन्य मानिस घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाइते ५ जनालाई उपचारको लागि काठमाडौँ पठाइएको छ ।

दाङबाट काठमाडौँ आउँदै गरेको रात्रीबसले र काठमाडौँबाट त्रिशूली जाँदै गरेको बस आपसमा ठोक्किएका हुन् ।

प्रतिक्रिया