
जापान आईपुगे राष्ट्रपति पौडेल
नारिता — राष्ट्रपति रामचन्द्र पौडेल जापान आईपुगेका छन् । चारदिने औपचारिक भ्रमणका लागि गएराति काठमाडौंबाट प्रस्थान गरेका उनी आज जापान आईपुगेका हुन् ।
उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा र जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतले स्वागत गरेका थिए ।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन उनी जापान आएका हुन् ।
जापान भ्रमणका अवसरमा राष्ट्रपति पौडेल माघ १९ गते सोमबार जापान सरकारले अयोजना गर्ने नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी हुनेछन् ।



कागजपत्र |
