
बालेन शाहलाई स्पष्टीकरण सोधियो
काठमाडौं- निर्वाचन आयोगले झापा निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन शाहसँग स्पष्टीकरण माग गरेको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पोस्टमा बालेन शाहले गरेको टिप्पणी निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै उजुरी परेपछि आयोगले लिखित स्पष्टीकरण सोधेको हो ।
आयोगका अनुसार सामाजिक सञ्जालमार्फत गरिएको उक्त टिप्पणीले निर्वाचनको स्वच्छता र मर्यादामा असर पार्न सक्ने देखिएपछि उम्मेदवार शाहसँग स्पष्ट जवाफ मागिएको छ ।
झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि बालेन शाह र एमाले अध्यक्ष ओली दुवै उम्मेदवार रहेका छन् ।



कागजपत्र |
