राष्ट्रिय सभा निर्वाचनः गण्डकी र कोशीमा मतगणना सुरु


काठमाडौं – राष्ट्रिय सभा निर्वाचन अन्तर्गत गण्डकी र कोशी प्रदेशमा मत गणना सुरु भएको छ ।

निर्वाचन अन्तर्गत आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समयावधि तोकिएको थियो । मतदान गर्ने समयावधि सकिएसँगै मत गणना कार्य सुरु गरिएको हो ।

गण्डकीमा प्रदेश सभातर्फ ५७ र स्थानीय तहतर्फ १६६ जनाले मतदान गरेका छन् ।

त्यस्तै कोशीमा स्थानीय तहका २५८ र प्रदेश सभाका ८७ जनाले मतदान गरेका छन् । कोशीमा स्थानीय तहका २६७ र प्रदेश सभाका ९२ जना मतदाता थिए ।

प्रतिक्रिया