
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलले दिए राजीनामा
काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । नवनिर्वाचित सभापति गगन थापाले शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय पुगेर औपचारिक रूपमा कार्यभार सम्हाल्ने तयारी गरेसँगै पौडेलले पद छाडेका हुन् ।
पौडेललाई २०७२ सालमा तत्कालीन सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय कार्यालयको मुख्यसचिवमा नियुक्त गरेका थिए । उनले आफ्नो राजीनामा स्वेच्छिक भएको स्पष्ट पार्दै नवनिर्वाचित नेतृत्वलाई सहज रूपमा काम गर्न सहयोग गर्ने उद्देश्यले निर्णय लिएको बताएका छन् ।
उनका अनुसार सभापति गगन थापा वा पार्टीका अन्य कुनै पदाधिकारीले राजीनामा मागेका थिएनन् । आफूले पूर्ण रूपमा स्वविवेक प्रयोग गरेर पदबाट अलग हुने निर्णय लिएको उनले स्पष्ट पारे ।



कागजपत्र |
