
ऋषि धमला पनि चुनावी मैदानमा !
काठमाडौं — पत्रकार ऋषि धमला पनि चुनाव लड्ने भएका छन्। उनले सोमबार रातिको ‘जनता जान्न चाहन्छन्’ मार्फत चुनाव लड्ने घोषणा गरे।
उनले रौतहटबाट चुनाव लड्ने बताएका छन्। ‘म रौतहट जाँदैछु। जनताको बीचमा गएर म एउटा निर्णय गर्दैछु’, उनले भने।
यससँगै उनले टेलिभिजन कार्यक्रम नचलाउने घोषणा गरेका छन्।
उनले प्रभु शाहको पार्टीबाट रौतहट ४ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने भएका हुन् ।



कागजपत्र |
