दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको निर्देशन


काठमाडौं-  निर्वाचन आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अनुसन्धान अघि बढाउन निर्देशन दिएको छ। आयोगले कांग्रेस विशेष महाधिवेशन पक्षधरलाई दिएको वैधानिकतासम्बन्धी निर्णयलाई लिएर प्रसाईंले सार्वजनिक रूपमा भ्रामक सूचना फैलाएको ठहर गर्दै प्रहरी प्रधान कार्यालयअन्तर्गतको साइबर ब्युरोलाई अनुसन्धान गर्न पत्राचार गरेको हो।

आयोगका अनुसार प्रसाईंले आयोगलाई पैसा बुझाएर दलको आधिकारिकता लिइएको भन्ने दाबी गर्दै सामाजिक सञ्जाल र सार्वजनिक अभिव्यक्तिमार्फत तथ्यहीन र भ्रम फैलाउने सामग्री प्रसारण गरेका थिए। यस्तो गतिविधिले निर्वाचन प्रक्रिया, संवैधानिक निकायको विश्वसनीयता र सार्वजनिक विश्वासमा गम्भीर असर पर्ने भन्दै आयोगले कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ।

निर्वाचन आयोगले संवैधानिक निकायको निर्णयबारे प्रमाणविना आरोप लगाउनु कानुनविपरीत हुने स्पष्ट पार्दै गलत सूचना फैलाउने जो–कोहीलाई कानुनी दायरामा ल्याइने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया