आज भूकम्प सुरक्षा दिवस मनाइँदै


काठमाडौं – २८ औँ भूकम्प सुरक्षा दिवस मनाइँदैछ।

९२ वर्षअघि १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइन्छ। दिउँसो २ः२४ बजे गएको ८.४ म्याग्निच्यूडको भूकम्पले जनधनको ठूलो क्षति पुर्‍याएको थियो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार १९९० सालको भूकम्पमा परी आठ हजार ५१९ जनाको मृत्यु भएको थियो।

८० हजार घर ध्वस्त भएका थिए। ध्वस्तघरसहित घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार २४८ संरचना भत्किएको थियो।

 

 

प्रतिक्रिया