काठमाडौंमा बढ्यो चिसो, कति छ त उपत्यकाको तापक्रम ?


काठमाडौं – आज (बुधबार) पनि काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोकै हाराहारीमा देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार अनुसार आज बिहान ५ः४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस देखिएको हो। हिजो मंगलबार यो समय काठमाडौँको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस थियो।

तर पछि बिहान ८ः४५ बजे थप घटेर मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस कायम भएको थियो।

आजको आधिकारिक न्यूनतम तापक्रम पनि सोही समयमा पुनः मापन गरिनेछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अरू घट्ने सम्भावना हुन्छ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

न्यूनतम तापक्रम बिहान ८ः४५ बजे र अधिकतम तापक्रम साँझ ५ः४५ बजे मापन गरिन्छ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।

प्रतिक्रिया