
कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडाैं- कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले औपचारिक रूपमा शपथ ग्रहण गरेका छन्।
पुनर्गठित मन्त्रिपरिषद् अन्तर्गत प्रदीप कुमार सुनुवारले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने भीम पराजुली पर्यटन, वन तथा वातावरण मन्त्रालयको मन्त्री बनेका छन्। तिलचन पाठकलाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यस्तै, इन्द्रमणि पराजुलीले आन्तरिक मामिला तथा कानून मन्त्रालय, विदुर कुमार लिङ्थेपले आर्थिक मामिला तथा योजना मन्त्रालय र रामप्रसाद महतोले सामाजिक विकास मन्त्रालयको नेतृत्व सम्हालेका छन्।
मानबहादुर लिम्बुलाई स्वास्थ्य मन्त्रालय र इस्राइल मन्सुरीलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ।
यसैगरी, राज्यमन्त्रीका रूपमा उमाकान्त गौतमलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय र शोभा चेम्जोङलाई भौतिक पूर्वाधार विकास मन्त्रालयमा नियुक्त गरिएको छ।
सत्ता साझेदार दलहरूबीच भएको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो। यसअघि प्रदेश सरकारमा स्वास्थ्य मन्त्री नियुक्त गरिएको थिएन।



कागजपत्र |
