चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु


चितवन- चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

सोमबार दिउँसो चितवनको भरतपुर महानगरपालिका-१२ रामदेलस्थित सामुदायिक वनको कालिमाटी घोलनजिक घाँसदाउरा काट्न गएका बेला ५६ वर्षीय बाबुकाजी क्षेत्रीलाई जंगली गैँडाले अचानक आक्रमण गरेको हो।

घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। पोस्टमार्टमका लागि शव हिजै साँझ भरतपुर सरकारी अस्पताल पठाइएको छ।

प्रतिक्रिया