गुल्मीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु, २ जना घाइते


गुल्मी – गुल्मीको मालिका गाउँपालिकामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

पिकनिकका लागि विद्यार्थी लिएर हिँडेको लुम्बिनी प्रदेश ००ख ०३५५ नम्बरको बसले बसले लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मालिका ६ का ३६ वर्षका बसन्त अर्याल र ६० वर्षका मनकला अर्यालको मृत्यु भएको मालिका गाउँपालिका–५ का वडाध्यक्ष रेखा कुमार जिसीले जानकारी दिए।

दुर्घटनामा मोटससाइकलमा सवार ५ वर्षको बच्चा अनुभव गिरी र पैदल यात्री मालिका ६ की स्थानीय शिक्षिका लिला अर्याल घाइते भएका छन्।

स्थानीय सिद्ध इङ्लिस बोर्डिङ स्कूलका विद्यार्थीलाई वनभोज लिएर जान हिँडेको बसले मालिका–७ अर्जे राम्चेको ओरालेमा बिपरित दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको हो।

आफन्तका अनुसार मृतक मनकलाका छोरी उपचारमा जानुपर्ने भएकोले नाती लिन बिहानै मोटरसाइकलमा हिँडेकी थिइन्। दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। बस प्रहरीको नियन्त्रणमा छ।

प्रतिक्रिया