

बिराटनगरमा पुरुषको हत्या, माइला छोरा फरार

मोरङ– बिराटनगर महानगरपालिका–८ बलुवाइका ५२ वर्षीय विको सहनीको शनिबार राती हत्या भएको छ।
घरायसी झगडामा छोराले नै सहनीको हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीका अनुसार माइला छोरो रवि सहनी शनिबारदेखि नै फरार छन्।
घाँटीमा धारिलो हतियारले प्रहार गरिएका विकोको उपचारका क्रममा कोशी अञ्चल अस्पतालमा मृत्यु भएको थियो। प्रहरीले रविको खोजी जारी राखेको छ भने हत्याको कारण पत्ता लगाउन अनुसन्धान थालेको छ।

