
अर्घाखाँचीमा विद्यार्थी सवार जीप दुर्घटना: चालकको मृत्यु, १६ जना घाइते
अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।
भूमिकास्थान नगरपालिका–१० धनचौरबाट नुवाकोटतर्फ गइरहेको लु२च ५१७९ नम्बरको जीप नगरपालिका–७ छिर्लिङ खोला नजिक दुर्घटना भएको हो। दुर्घटनामा जीप चालक, ४५ वर्षीय रुद्रबहादुर बुढामगरको मृत्यु भएको पुष्टि भएको छ।
घाइते सबैलाई अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ। दुर्घटना पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन गएका विद्यार्थी सवार जीपमा भएको हो। दुर्घटनापछि आजका प्रतियोगिताका सबै खेल स्थगित गरिएको नगरपालिकाले जानकारी दिएको छ।



कागजपत्र |
