
पोखरा उडेको बुद्ध एयरको जहाजमा चरा ठोक्कियो
काठमाडौं – काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ । पोखरा विमानस्थलमा अवतरणका क्रममा जहाजसँग चरा ठोक्किएको हो ।
बुद्ध एयरले शनिबार काठमाडौंबाट पोखराका लागि उडेको जहाज अवतरणका क्रममा चरा ठोक्किएको पुष्टि गरेको छ ।
उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन् ।



कागजपत्र |
