मधेस प्रदेशमा मन्त्रीहरूको कार्यविभाजन


काठमाडौं-  मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्रीहरूको कार्यविभाजन सार्वजनिक गरेका छन्। संविधानको धारा १६८ को उपधारा ९ बमोजिम कात्तिक २३ गते नियुक्त भएका मन्त्रीहरूलाई विभिन्न मन्त्रालयको जिम्मेवारी तोकिएको हो।

मुख्यमन्त्री कार्यालयका निमित्त सचिव शत्रुधन यादवका अनुसार लखनदास तत्मालाई ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै, विमला अन्सारीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको नेतृत्व दिइएको छ।

यससँगै कञ्चन बिच्छालाई वन तथा वातावरण मन्त्रालय तोकिएको छ। बाँकी मन्त्रालय भने मुख्यमन्त्री सरोज कुमार यादवले आफैँले सम्हाल्ने व्यवस्था मिलाइएको छ।

यसअघि मुख्यमन्त्री यादवले विवादबीच होटलमै शपथग्रहण गरेको भन्दै प्रदेशभर आलोचना भएको थियो।

 

प्रतिक्रिया