दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल थुनामुक्त गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार प्रसाईंलाई थुनाबाट रिहा गर्न आदेश जारी गरेको हो।

यसअघि, प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको इजलासले बिहीबार २४ घण्टाभित्र प्रसाईंलाई अदालतमा उपस्थित गराउन सरकार पक्षलाई आदेश दिएको थियो।

प्रसाईंलाई प्रशासनको अनुमति बिना विरोध प्रदर्शन गर्न लागेको भन्दै प्रहरीले सार्वजनिक शान्तिविरुद्धको अभियोगमा पक्राउ गरेको थियो। जिल्ला प्रशासन कार्यालयको आदेशमा केही दिनदेखि म्याद थप गरी उनलाई थुनामा राखिएको थियो।

 

प्रतिक्रिया