
कर्फ्यूबीच सिमरामा प्रदर्शन जारी
सिमरा – सिमरा विमानस्थल आसपासमा प्रदर्शनमा उत्रिएका जेन–जी समूहले सडकमा टायर बालेका छन् ।
प्रदर्शनकारी र एमाले कार्यकर्ताबीच झडप हुँदा यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।
एमाले महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत सिमरा आउने भनेपछि उनीहरुलाई रोक्नका लागि जेन–जीले सिमरा विमानस्थलको गेटनै तोडफोड गरेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेपनि प्रदर्शन जारी रहेको छ ।
प्रहरीले प्रदर्शन नगर्न र सार्वजनिक सडक खाली पार्न प्रदर्शनकारीलाई चेतावनी दिएको छ । यद्यपि, सडकमा प्रदर्शन जारी छ ।
सिमराको स्थिति प्रहरीको नियन्त्रणमै रहने र सुरक्षा व्यवस्था मिलाइएको बाराका जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष तामाङले बताए ।



कागजपत्र |
