गोकर्णेश्वर–गुहेश्वरी किनारमा अलपत्र सवारीसाधन हटाउने काम सुरु


काठमाडौं-  बागमती नदीको गुहेश्वरी–गोकर्णेश्वर मन्दिर खण्डकाे किनारमा अलपत्र अवस्थामा रहेका सवारीसाधन हटाउने काम सुरु गरिएको छ। मंगलबार गोकर्णेश्वर नगरपालिका–५, जम्मुडाँडास्थित प्रहरी चौकी नजिक राखिएका सवारीसाधन हटाइएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार बागमती नदी करिडोर क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए। उनले नदीलाई सफा राख्न किनारमा राखिएका बेवारिसे सवारी साधन तुरुन्त हटाउन र ढल व्यवस्थापन गर्न निर्देशन दिएका थिए।

जम्बुडाँडामा करिब १२० मिटर जाम हुँदा सडकमा ढल बागमती नदीमा सिधै मिसिएको थियो। ढल फुटेका कारण सडकमा समेत क्षति पुगेको थियो। हाल त्यसको मर्मत कार्य सुरु भइसकेको छ।

त्यस्तै, गुहेश्वरीदेखि माथिल्लो तटीय क्षेत्रमा जमेको बालुवा र फोहोर पनि हटाइने योजना छ। यसका लागि बागमती सभ्यता एकीकृत विकास समितिले आवश्यक तयारी गरिरहेको जनाएको छ।

 

प्रतिक्रिया