मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं – आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्न लागेको हो ।

प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको बैठक दिउँसो १ बजे बस्ने गरी तय भएको छ ।

बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमा छलफल तथा आवश्यक निर्णय हुनेछ ।

आजको बैठकमा समाज कल्याण परिषदमा पनि केही नियुक्तिको निर्णय हुन सक्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ।

प्रतिक्रिया