घाइते जेनजीसँग गृहमन्त्री अर्याल र आईजीपी कार्कीकाे भेट


काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्याल र नवनियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले गृह मन्त्रालयमा जेनजी आन्दोलनमा घाइते भएका दुई जना र जेनजी प्रतिनिधिसँग भेट गरेका छन्।

भेटमा घाइतेहरूले प्रहरी प्रमुख र सरकारसँग उचित उपचार प्रबन्ध र न्यायोचित मागको सम्बोधन गरिदिन अनुरोध गरेका थिए।

प्रहरी प्रमुख कार्कीले पनि सरकारबाट समय सापेक्ष हुने आदेश र निर्देशको परिधीभित्र रही जनताको जिउधनको सुरक्षा र शान्ति सुव्यवस्था कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया