७ जिल्लाका सिडिओसहित गृह मन्त्रालयका ५८ सहसचिव र उपसचिवको सरुवा


काठमाडौं-  गृह मन्त्रालयले  ५८ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ। सरुवासँगै सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरू फेर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

सरुवाअनुसार दैलेखका सिडिओ बद्रीनाथ गैरेलाई गुल्मीको सिडिओमा पठाइएको छ भने गुल्मीमा कार्यरत आनन्द सारुलाई दैलेख पठाइएको छ। त्यस्तै, रोल्पाका सिडिओ वासुदेव दाहाललाई पाँचथरमा, जुम्लाका खिमबहादुर रायमाझीलाई गृह मन्त्रालयमा झिकिएको छ।

नयाँ जिम्मेवारी पाएका सिडिओहरूमा रोल्पामा गंगाबहादुर क्षेत्री, जुम्लामा दीपक पौडेल, डोटीमा कल्पना घिमिरे नेपाल र मुस्ताङमा मोहनराज जोशी रहेका छन्।

Skip to PDF content

प्रतिक्रिया