देउवा दम्पती सिंगापुरमा, विमानस्थलबाटै ह्वील चियरमा राखेर अस्पताल लगियो


काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवा सिंगापुर पुगेका छन् ।

देउवा दम्पती सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुरतिर लागेका थिए ।

उनीहरूलाई सिंगापुरको चाङ्गी विमानस्थलबाट ह्वील चियरमा राखेर अस्पतालतर्फ लगिएको छ । उनीहरू काठमाडौंको विमानस्थलबाट भने हिँड्दै बिदा भएका थिए ।

भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा देउवा दम्पती आफ्नै निवास बूढानीलकण्ठमा आन्दोलनकारीबाट मरणासन्न हुने गरी आक्रमणमा परेका थिए ।

सभापति देउवाको टाउकाको पछाडि भागमा १२ वटा टाँका लगाइएको जानकारी कांग्रेसले दिएको थियो । स्वास्थ्य लाभ गरिरहेका देउवा थप उपचारका लागि सिंगापुर गएका हुन् ।

प्रतिक्रिया