बसको ठक्करबाट एकजनाको मृत्यु


दाङ –  देउखुरीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

राप्ती गाउँपाकिका-५ सिंगे निवासी करिब ६५ वर्षीय रामप्रसाद भट्टराईको बसको ठक्करबाट मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेले जानकारी दिए।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका -५ लमही बजार प्रतिष्ठा पेट्रोल पम्पनजिकै आज दिउँसो १ बजेको समयमा बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसले ठक्कर दिएको थियो। गम्भीर घाइते भट्टराईको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ। ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ।

प्रतिक्रिया