
चितवनमा स्कुटर दुर्घटना हुँदा दुई युवकको मृत्यु
भरतपुर (चितवन) – चितवनमा सवारी दुर्घटनामा परी आज बिहान दुई जनाको मृत्यु भएको छ। भरतपुर विमानस्थल नजिकै स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवाले ज्यान गुमाएका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार, आज बिहान भरतपुर–१० स्थित विमानस्थल नजिकै बाप्र ०६–००३ प ०६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
दुर्घटनामा परी स्कुटर चालक भरतपुर–२१ का २५ वर्षीय सन्दीप घिमिरे र स्कुटर पछाडि सवार सोही स्थानका २८ वर्षीय कुशल अर्यालको मृत्यु भएको हो।
प्रहरी उपरीक्षक पुरीका अनुसार दुर्घटनामा दुवै जनाको टाउकोमा गम्भीर चोट लागेको थियो। उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो।



कागजपत्र |
