पेट्रोलको मूल्य घट्यो, अब कतिमा पाइन्छ त ? (सूचीसहित)


काठमाडौं – पेट्रोलको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबारदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।

निगमका अनुसार काठमाडौँ उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत र दाङमा १५८ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५६.५० रुपैयाँ कायम भएको छ ।

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य यथावत राखिएको छ ।

p

 

प्रतिक्रिया