
विपिन जोशीको भिडियो सार्वजनिक
काठमाडौं- सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टाइनी विद्राेही समूह हमासकाे अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको भिडियो सार्वजनिक भएको छ । इजरायली गुप्तचर निकायले प्राप्त गरेको उक्त फुटेज उनको परिवारको अनुमतिमा बुधबार सार्वजनिक गरिएको हो ।
यो भिडियो जोशीको अपहरणपछिको दुई वर्षमा जीवित अवस्थाको पहिलो प्रमाणका रूपमा मानिएकाे छ । तर भिडियो धेरै पहिले रेकर्ड गरिएकाले अहिले उनको अवस्था के छ भन्नेबारे स्पष्ट जानकारी छैन ।
इजरायली सञ्चारमाध्यमका अनुसार यो भिडियो धेरै पहिले प्राप्त भए पनि परिवारको अनुमति पाएपछि मात्र अहिले सार्वजनिक गरिएको हो । भिडियोमा विपिनले भनेका छन्, ‘मेरो नाम विपिन जोशी हो, म नेपालबाट आएको हुँ । मेरो उमेर २३ वर्ष भएको छ । म यहाँ ‘लर्न एन्ड अर्न’ कार्यक्रमका लागि आएको हुँ । म यहाँ आएको २५ दिन भएको छ ।’



कागजपत्र |
