
रवि लामिछानेलाई कारागारबाट भगाउन चर्चित गायक रामकृष्ण ढकालको हात !
काठमाडौं- भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनकै बीचमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नक्खु कारागारबाट बाहिरिन सफल भएका थिए।
लामिछानेलाई भगाउन चर्चित गायक पनि संलग्न रहेको खुलेको छ । उनी कारागार प्रशासनको भनाइमा जाली कागजात प्रयोग गरी बाहिरिएका थिए भने अहिले उनलाई भगाउन चर्चित गायक रामकृष्ण ढकालसमेत संलग्न रहेको खुलासा भएको हाे।
घटनाबारेकाे स्रोतका अनुसार लामिछाने त्यस दिन ढकालकै बागमती प्रदेशको ०३०च २२ ८२ नम्बरको निलो बिवाइडी ईभी गाडीमा चढेर निवासतर्फ पुगेका थिए। गाडीको सनरुफ खोलेर हात हल्लाउँदै कारागारबाट बाहिरिएको दृश्यले घटनालाई थप सनसनीपूर्ण बनाएको थियाे।
लामिछाने सहकारी ठगी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका बेला आन्दोलनकाे अवसर बनाएर नख्खु कारागारबाट निस्केका थिए। अदालतको आदेशबिनै कारागार बाहिरिएको भन्दै त्यतिबेला उनको व्यापक आलोचना भएको थियो। कारागार प्रशासनले लामिछानेले सार्वजनिक गरेको रिहाइ पत्रलाई फर्जी ठहर गर्दै तत्काल फर्किन निर्देशनसमेत दिएको थियो।
लामिछानेले आफू कानुनी प्रक्रिया पूरा गरेर निस्किएको दाबी गर्दै कारागार प्रशासकको हस्ताक्षर भएको कागजात प्रस्तुत गरेका थिए। तर कारागार प्रशासनले सो कागजात मान्य नगरेपछि विवाद थप चुलिएको थियो।
राजनीतिक व्यक्तित्वलाई भगाउन चर्चित गायकको नाम जोडिएपछि घटनाले नयाँ मोड लिएको छ। अहिले यो प्रकरणबारे थप अनुसन्धान हुने अपेक्षा गरिएको छ। यस विषयमा गायक ढकालको प्रतिक्रिया लिन सम्पर्क गर्न खोज्दा उनको मोबाइल नम्बर अफ रहेको छ।



कागजपत्र |
