मन्त्री खरेलको पहिलो निर्णय– प्रमुख शहरका सार्वजनिक स्थलमा इन्टरनेट फ्री


काठमाडौं- नवनियुक्त सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदिश खरेलले पदभार ग्रहण गरेको पहिलो दिन नै महत्वपूर्ण निर्णय गरेका छन्। मन्त्री खरेलले पाँच महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलहरूमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेका हुन्।

सपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका मन्त्री खरेलले सुरुमा सञ्चार सचिव राधिका अर्यालले तयार पारेको प्रस्तावमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए। उनले सो प्रस्ताव पुनः संशोधन गर्न निर्देशन दिए। संशोधित प्रस्तावमा सार्वजनिक स्थलहरूमा नि:शुल्क इन्टरनेट उपलब्ध गराउने व्यवस्था थप भएपछि मात्रै मन्त्री खरेलले हस्ताक्षर गरेका थिए।

नवीन निर्णयअनुसार काठमाडौं बाहिरका प्रमुख १० वटा शहरका पार्क, चौक, बसपार्क, शैक्षिक संस्थान वरपर जस्ता स्थानलाई प्राथमिकतामा राखी नि:शुल्क इन्टरनेट सुविधा पुर्‍याइनेछ। मन्त्रालयका अधिकारीहरूले अब यो योजनालाई कार्यान्वयनमा ल्याउन आवश्यक प्रक्रिया तत्काल अघि बढाउने तयारी गरिरहेको बताएका छन्।

प्रतिक्रिया