
तुइन खोलामा खसेको पहिरो हटाइयो, नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी खुल्यो
मुग्लिन- नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा खसेको पहिरो पन्छाइएको छ। पहिरो हटाइएसँगै आज अपराह्न सवा ४ बजेबाट सडक एकतर्फी सुचारु भएको छ।
पहिरो खसेपछि गत शुक्रबारदेखि उक्त सडक पूर्णरुपमा अवरुद्ध भएको थियो। नारायणगढ र मुग्लिनतर्फबाट मेसिन प्रयोग गरी आइतबार बिहान चार बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको थियो।
सवारी साधन सञ्चालनसँगै नारायणगढ–मुग्लिन मार्गमा यात्रु र सामान ढुवानी सहज भएको छ।



कागजपत्र |
