मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा


काठमाडौं – पहिरोको कारण गएरातिदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।

तुइन खोलानजिकै पहिरो जाँदा अवरुद्ध भएको सडक बिहान ८ः३० बजेबाट सञ्चालनमा आएको हो ।

सडकमा खसेको पहिरो हटाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

गएराति ९ बजे पहिरो जाँदा सवारी आवागमन दुवैतर्फ अवरुद्ध भएको थियो ।

प्रतिक्रिया