नवनियुक्त ३ मन्त्रीहरूको सपथ साढे ११ बजे


काठमाडौं – सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूले आज बिहान साढे ११ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

राष्ट्रपति कार्यालयका अनुसार शपथग्रहण कार्यक्रम शीतल निवासको प्राङ्गणमा टेन्टमुनि आयोजना हुनेछ ।

गत शनिबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त कार्कीले आइतबार मन्त्रिपरिषद् गठन गर्दै अर्थमन्त्रीमा पूर्वअर्थसचिव रामेश्वर खनाल, गृहमन्त्री तथा कानुन मन्त्रीमा अधिवक्ता ओमप्रकाश अर्याल र ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधार मन्त्रीमा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई नियुक्त गरेकी थिइन् ।

शपथपछि मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री कार्कीले विभिन्न पक्षसँग छलफल गर्ने तयारीसमेत गरेकी छिन् ।

प्रतिक्रिया