
संवैधानिक दायराभित्र रहेर मुलुकलाई निकास दिन हरप्रयास गर्दैछु: राष्ट्रपति पौडेल
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक सीमा भित्र रहेर मुलुकलाई निकास दिन आफु निरन्तर प्रयासरत रहेको बताएका छन्। बिहीबार जारी विज्ञप्तिमा उनले लोकतन्त्रको संरक्षण र शान्ति सुव्यवस्था कायम गर्न विचार, विमर्श र पहल भइरहेको स्पष्ट पारेका छन्।
हाल राजधानीसहित विभिन्न स्थानमा भइरहेको प्रदर्शन र सामाजिक सञ्जालमा उठेको मागलाई सम्बोधन गर्दै उनले आन्दोलनकारीहरूलाई समस्याको छिटो समाधान खोजिनेमा विश्वास राख्न आग्रह गरे।
राष्ट्रपतिले शान्ति र स्थिरताका लागि सबै पक्षले सहकार्य गर्नुपर्ने भन्दै सहयोगको अपिलसमेत गरेका छन्।



कागजपत्र |
