दुर्गा प्रसाईं र सुशीला कार्की जंगी अड्डामा


काठमाडाैं – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सेनाको टोलीले विशेष सुरक्षासहित जंगी अड्डा भद्रकाली पुर्‍याएको छ ।

अर्कातिर विवादित राजावादी दुर्गा प्रसाईं पनि सैनिक सुरक्षासहित जंगी अड्डामा पुगेका छन् । अहिले उनीहरू जंगीअड्डामा पसेपछि गेटबाहिर जेन-जी र मिडियाकर्मीको ठूलो भिड लागेको छ ।

बुधबार पाँच घण्टासम्म भएको जेन-जीको भर्चुअल बैठकले सुशीलालाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो ।

तर, काठमाडौंका मेयर बालेन्द्र (बालेन) साह र धरानका मेयर हर्क साम्पाङको पक्षमा पनि जंगीअड्डाबाहिर नाराबाजी भएको थियो ।

यद्यपि बालेनले सुशीलालाई समर्थन गरिसकेका छन् । अहिले जंगीअड्डाबाहिर जम्मा भएको भिडले चर्को नाराबाजी गरिरहेको छ ।

 

प्रतिक्रिया