
जेनजीको एउटा समूहले गर्दैछ भर्चुअल बैठक, अर्को समुहले पत्रकार सम्मेलन गर्ने
काठमाडौं- राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि बोलाएपछि अहिले ४ हजारभन्दा बढी जेन–जीहरू भर्चुअल छलफलमा जुटेका छन् । उनीहरूबीच वर्ताामा आधिकारिक रूपमा को सहभागी हुने भन्ने विषयसँगै के विषयमा वार्ता गर्ने भन्ने सम्बन्धमा छलफल भइरहेको छ ।
उनीहरूको माग संसद विघटन हुनुपर्ने, कम्तीमा ६ महिना र बढीमा १ वर्षमा निर्वाचन हुनुपर्ने र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने लगायतका विषय समावेश गर्ने तयारी छ ।
प्रधानमन्त्रीको कार्यकाल ४ वा ५ वर्ष हुनुपर्ने वा एक व्यक्ति बढीमा दुई कार्यकाल वा ८–१० वर्ष मात्रै प्रधानमन्त्री हुन पाउने जस्ता कुराहरू समावेश छ ।
त्यस्तै, जेन–जी आन्दोलनका आधिकारिक प्रतिनिधि को हुन् भन्ने कुरामा विभिन्न मिडियामा तथा संजालमा विभिन्न नामहरू आइरहेको भन्दै अर्को समूहले गुगल मिटमा प्रेस मिट गर्दै छ । उनीहरूले साढे तीन बजे प्रेस मिट गर्न लागेका हुन् ।



कागजपत्र |
