संघीय संसदका दुई संसदीय समितिको बैठक बस्दै


काठमाडौं । संघीय संसद अन्तर्गतका दुई संसदीय समितिको बैठक बस्दैछ ।

मंगलबारका लागि निर्धारित कार्यसूचीअनुसार राज्यव्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

राज्यव्यवस्था तथा सुशासन समितिमा हालसम्मको काम कारबाहीको समीक्षा गर्ने कार्यक्रम छ ।

यसैगरी, विधायन व्यवस्थापन समितिमा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० को मस्यौदा प्रतिवेदन’मा छलफल गर्ने कार्यसूची छ ।

प्रतिक्रिया