
मुग्लिङ–नारायणगढ सडक खण्डमा मोटरसाईकल र बस ठोक्किँदा चालकको मृत्यु
काठमाडौं – मुग्लिङ–नारायणगढ सडकखण्डमा मोटरसाइकल र बस एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
नारायणगढबाट लम्जुङतर्फ गइरहेको ग १ ख ४१४० नम्बरको बससँग विपरीत दिशाबाट आइरहेको ग १२ प ६९९२ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई उपचारका लागि भरतपुर अस्पताल पुर्याइएको थियो। तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। मृतकको पहिचान भने अझै खुल्न सकेको छैन।



कागजपत्र |
