रुकुम पश्चिममा सुख्खा पहिरोले ६९ वर्षीया वृद्धाको ज्यान लग्यो


रुकुम पश्चिम- रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ तलिगाउँमा सुख्खा पहिरोमा परेर एक वृद्धाको ज्यान गएको छ।

आइतबार दिउँसो बाख्रा चराउन गएकी ६९ वर्षीया हिमकुमारी मल्लकाे माथिबाट अचानक खसेको सुख्खा पहिरोले पुरिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।

दिउँसो करिब १२:३० बजे भएको घटनापछि केही समयअघि मात्र मल्लको शव फेला पारिएको हो। शवलाई पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

सोही घटनामा मल्लसँगै रहेको एउटा बाख्रा र एउटा भेडा पनि पहिरोमा परेर मरेका छन्।

प्रतिक्रिया