लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन


बुटवल – लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन भएको छ । शनिबार  उपचारका क्रममा काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उनको निधन भएको पार्टीले जनाएको छ ।

रुकुम पूर्वको तकसेराकी पुनलाई स्वास्थ्य समस्या देखिएपछि काठमाडौं लगिएको थियो ।

पुन नेकपा (एमाले)बाट समानुपातिक प्रणालीमार्फत लुम्बिनी प्रदेशसभामा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया