सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा


कैलाली – सुदूरपश्चिम प्रदेशमा गौरा पर्वका अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ। नेपाल सरकारले भदौ १५ गते र प्रदेश सरकारले भदौ १६ गते बिदा दिने निर्णय गरेसँगै प्रदेशमा लगातार दुई दिन सार्वजनिक बिदा कायम भएको हो।

प्रदेश सरकारले जारी गरेको राजपत्रअनुसार नेपाल सरकारले दिएको बिदाबाहेक थप भदौ १६ गते पनि गौरा पर्वकै बिदा रहने उल्लेख छ।

प्रतिक्रिया