
हटाइयो रोशीको पहिरो, खुल्यो बीपी राजमार्ग
काभ्रे— काभ्रेको रोशी क्षेत्रमा बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध सडक खुलाइएको छ ।
बीपी राजमार्ग अन्तरगत चार ठाउँमा गएको पहिरोका कारण रोशी गाउँपालिका-९ को पिल्थलीबेशी र बिरुवाडाँडा, रोशी ११ को कालढुंगामा रहेको खहरेखोलामा आएको लेदोको कारण तथा रोशी १२ माम्तीमा सडक माथिबाट आएको सुख्खा पहिरोले सडक अवरुद्ध गरेको थियो ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख इश्वर कार्कीका अनुसार अहिले चारै स्थानको अवरोध बिहान ७ बजेदेखि हटेको छ । बाटो पूर्ण रुपमा सञ्चालनमा आएको कार्कीको भनाइ छ ।
वर्षा भइरहेकोले रोशी खोलाको सतह बढ्दै गएकोले सचेत भएर सवारी साधन चलाउन प्रहरीले अनुरोध गरेको छ ।



कागजपत्र |
